बङ्गलादेशकी पूर्व प्रधानमन्त्रीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री शर्मा बङ्गलादेश जाँदै

`

     २०८२ पौष १६ गते १०:१५

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन त्यसतर्फ गएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी गएराति बंगलादेशको ढाका प्रस्थान गरेका हुन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि सहभागी छन्।

उनी पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?