बुलेट पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

`

     २०८२ पौष १५ गते १२:३१

काठमाडौँ, पुस १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुलनजिक मंगलबार (पुस १५) बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ ।

भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् ।

घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?