बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन

`

     २०८२ पौष १५ गते ११:२३

काठमाडौँ, पुस १५ । बंगलादेशकी पूर्व तथा पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा आज निधन भएको छ।
उनी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की प्रमुख पनि थिइन्।

धेरै वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन्।

उपचारका क्रममा स्थानीय समयअनुसार आज बिहा ६ बजे खालिदाको मृत्यु भएको उनको परिवारका सदस्य तथा पार्टीका नेताहरूले बताएका छन्।

खालिदा १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुईपटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्। उनी १९८१ मा बंगलादेशका राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?