कुलमानले रास्वपामा ३० प्रतिशत हिस्सा मागेपछि अड्किएको वार्ता फेरि सुरू हुँदै

`

     २०८२ पौष १४ गते ४:४०

काठमाडौं, पुस १४ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची बुझाउने समय घर्किँदै जाँदा कुलमान घिसिङलाई पनि बालेन र रवि लामिछानेसँग सहमति गराउने प्रयास भइरहेको छ।

जेनजी अभियानीहरूले नै कुलमानलाई पनि बालेन र रविसँग मिल्नुपर्ने दबाब दिँदै उनीहरूबीच एकता गराउने प्रयास गरिरहेका छन्।

त्यही क्रममा अहिले सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले कुलमान घिसिङलाई बालेन र रवि लामिछानेसँग छलफल गराउन लगेको स्रोतहरूले बताएका छन्। कुलमानलाई वार्ता स्थल लिएर जानेमा जेम्स कार्की र ओजस्वी थापा पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?