मैले जेनजीको आन्दोलनमा बल प्रयोग गर्ने आदेश दिएको थिइनँ: रमेश लेखक

`

     २०८२ पौष १४ गते ३:४६

काठमाडौं, पुस १४ । पूर्व गृहमन्त्री रमेश लेखकले छानबिन समितिलाई लिखित बयान दिँदै भदौ २३ गते जेन पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले आवश्यकताभन्दा बढी बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताएका छन्।

उनले जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएकोबारे सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उनले आयोगमा बुझाएको लिखित दस्तावेजमा उल्लेख छ।

‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्। यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला। दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला। तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ। प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शर्कता अपनाउनु होला। मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?