काठमाडौं, पुस १४ । उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच हुने भनिएको एकता तत्काल अघि नबढ्ने देखिएको छ।
दुवै पक्षका नेताहरूले पटक पटक भेटवार्ता गरे पनि सहकार्यका लागि ठोस सहमति हुन नसकेको नेताहरूले बताएका छन्।
उज्यालो नेपाल पार्टीका संरक्षक रहेका मन्त्री कुलमान घिसिङसँग हिजो बेलुका छलफल भएको र फेरि कुरा गरौँला भन्दै सकिएको प्रलोपा अध्यक्ष परिषदकी सदस्य ओजस्वी भट्टराईले जानकारी दिइन्।




