उपसभामुख रानाले संसद सचिवालयलाई गाडी फिर्ता गरिन, ट्याक्सी चढेर सिंहदरबारबाट निस्किएकी

`

     २०८२ पौष १३ गते ३:५८

काठमाडौं, पुस १३ । उपसभामुख इन्दिरा रानाले संसद सचिवालयलाई गाडी फिर्ता गरेकी छन्।

आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद सचिवालयलाई बुझाएकी हुन्।

उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन्। त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?