माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन

`

     २०८२ पौष १३ गते १२:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

आज  बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमति भएसँगै बालेनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन्। उनले महानगरको सबै प्रक्रिया पुर्‍याएर माघको ६ गतेसम्म राजीनामा दिने भएको महानगर स्रोतले जनाएको छ।

सहमतिपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?