काठमाडौं, पुस ११ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्।
२०७९ को प्रतिनिधि सभा चुनावमा उनी नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका थिए।
गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी गोरखाले जनाएको छ।
संयोजक प्रचण्ड यसपालि गोरखा १ बाट सिफारिसमा परेका छन्।




