काठमाडौं । मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।
परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।
डा। परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताए ।




