काठमाडौँ, पुस १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेट वार्ता जारी छ।
रास्वपाका नेता गणेश कार्कीका अनुसार उनीहरुबीच केही बेरअघि भेटघाट सुरु भएको हो। बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरु बर्तामा बसेका हुन्।
उनीहरुबीच सोमबार साँझ रास्वपा नेता असिम साहको घरमा भेघाट भएको थियो। आउँदो चुनावमा रवि र बालेनलाई मिलाएर लैजाने प्रयास भइरहेको छ।




