काठमाडौँ, १० पुस । जनादेश पार्टीकी उपाध्यक्ष एलिजा गौतम आम जनता पार्टीमा प्रवेश गरेकी छन्। उनी आम जनता पार्टीमा उपाध्यक्ष पदमा प्रवेश गरेकी हुन्।
जनादेश पार्टीका संयोजक रमनकुमार कर्णले गौतमको पार्टी प्रवेश पार्टी परित्यागको रूपमा नभई आगामी निर्वाचन र चुनावपछिको पार्टी एकीकरणको रणनीतिक सहकार्य भएको बताएका छन्। उनले जनादेश र आम जनता पार्टी आगामी निर्वाचनमा एउटै चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि औपचारिक रूपमा एकीकृत पार्टी बनाउने सहमति भइसकेको बताए।
संयोजक कर्णले भने, ‘हामी एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने सहमतिमा छौँ। चुनावपछि पार्टी एकीकरण गर्ने उद्देश्यले नै एलिजा गौतमलाई आम जनता पार्टीमा पठाइएको हो। यो सहमतिमै आधारित निर्णय हो।’




