काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बीच आगामी चुनावमा सहकार्य गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । बुधबार ललितपुरको कुपण्डोलस्थित निवासमा भएको पहिलो चरणको छलफल सकारात्मक भएको चौधरीले बताए ।
यद्यपि अन्य ‘धेरै कुरा’ मिल्न बाँकी रहेको भन्दै उनले आगामी दिनमा पनि छलफल जारी रहने बताए । साथै चौधरीले देश जोगाउने नैतिक दायित्व युवा र नयाँ शक्तिहरूको काँधमा आएको बताउँदै बालेनसँगको वैचारिक सामीप्यता सकारात्मक रहेको उल्लेख गरे ।




