काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बीच काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भेटवार्ता भएको छ।
दुई नेताबीच सोमबार भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ।
भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन्।




