मस्को, ७ पुस । मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको कारमा राखिएको बम विस्फोट हुँदा उनको मृत्यु भएको छ । रूसी प्रमुख अपराध अनुसन्धान समितिले जनरल लाइटनेनन्ट फानिल सरवारोभको हत्या सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । सरवारोभ रूसी सेनाको प्रधान स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए र सेनाको रणनीति तथा प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
अनुसन्धानकर्ताहरूले आक्रमण युक्रेनी विशेष सेनासँग सम्बन्धित हुन सक्ने सम्भावनालाई पनि जाँचको भाग बनाएको बताएका छन् ।



