कोसी प्रदेश सरकार चाँडै पुनर्गठन हुन्छ : शेरधन राई

`

     २०८२ पौष ०७ गते २:३५

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले कोसी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताएका छन्।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनपछि विराटनगर आएका सचिव राईले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार नेपाली कांग्रेससँग एक-दुई दिनभित्र छलफल हुने बताए। यसअघि नै कोसी पुनर्गठनको तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?