काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् ।
आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्तासँग छलपल गर्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् । उनले आफू सभापति बन्ने दाबीसमेत गरे । ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, उनल भने ।
महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको बताउँदै उनले अहिले क्रियाशील सदस्यको काम ढिला भएको भन्दै आपत्ति जनाए ।




