रास्वपा सभापति रवि लामिछाने रिहा

`

     २०८२ पौष ०४ गते ६:२०

काठमाडौँ, ४ पुस । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का सभापति रवि लामिछाने रिहा भएका छन् । शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?