रविलाई रिहा गर्ने निर्णयको बाबुरामले गरे स्वागत

`

     २०८२ पौष ०४ गते १२:१२

काठमाडौं, ४ पुष । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा। बाबुराम भट्टराईले रवि लामिछानेलाई रिहा गर्ने अदालतको निर्णयको स्वागत गरेका छन् । उनले लामिछानेलाई रिहा गर्न गरिएको आदेश विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।

यो आदेशले लामिछानेलाई विधिसम्मत् तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरुले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रुपबाटै प्राप्त गर्ने मार्गप्रशस्त गरेको भट्टराईको दाबी छ । रवि भैरहवामा हिरासतमा हुँदा बाबुराम दुईपटक भेट्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?