ओलीको ‘कोर टिम’का सबैभन्दा निकटका पात्र गुरुप्रसाद बराल र विष्णु रिमाल पराजित

`

     २०८२ पौष ०३ गते ४:५९

काठमाडौं, पुस ३ । केपी ओलीको ‘कोर टिम’का गुरुप्रसाद बराल र विष्णु रिमाल पराजित भएको छ । ओली टिमले प्यालन जिताउन प्रतिनिधिलाई कडिकडाउ गरे पनि ईश्वर पोखरेलको टिमबाट चुनाव लडेका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

विष्टले ओलीका सबैभन्दा निकटका पात्र गुरुप्रसाद बराललाई २३१ मतले हराएर जित सुनिश्चित गरेका छन् ।  त्यस्तै भट्टराईले यसअघिकै उपमहासचिव विष्णु रिमाललाई हराए ।

ओलीको ‘कोर टिम’कै सदस्यलाई हराएर उनीहरूले एमालेमा छुट्टै सन्देश दिन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?