काठमाडौँ, पुस २ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी चुनावमा भोटिङ मेसिन प्रयोग गरिएको भए पनि मतदान गर्न धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्।
मत हालेर निस्किएका एकजना महाधिवेशन प्रतिनिधिले उम्मेदवारको सूची हेर्नुपर्नेलाई त ५० मिनेटसम्म लाग्ने बताए।
‘जान्नेलाई पनि २५ देखि ३० मिनेट लाग्छ’, उनले भने, ‘नाम लिस्ट हेर्नुपर्ने व्यक्तिलाई त ५० मिनेटसम्म लाग्छ।’




