विकास निर्माणका काम योजनाबद्ध रुपमा काम भइरहेको मन्त्र घिसिङको तर्क

`

     २०८२ पौष ०१ गते ६:४३

काठमाडौँ, १ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन् ।

“हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा भेटाएका छैनौँ”, उनले भने, “जनताको अपेक्षा चुस्तदुरुस्त सेवा प्रवाह, आर्थिक पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार मुक्त समाज छ ।”

मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताए ।

“अहिले जनताको अपेक्षा द्रुत विकास होस् भन्ने हो । त्यो अपेक्षाअनुसार छोटो समयमा काम गर्न चुनौती छ”, मन्त्री घिसिङले भने, “बत्तीको उज्यालोले मात्रै देश समृद्ध बन्न सक्दैन । देश समृद्ध बन्न सबै क्षेत्र उज्यालो हुन आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?