एलन मस्क बने ६०० अर्ब डलर सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति

`

     २०८२ पौष ०१ गते ३:१२

काठमाडौँ, पौष १ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्।

स्पेसएक्सको ८०० अर्ब डलरको मूल्याङ्कन र यसको आगामी आईपीओको समाचार पछि, मस्कको सम्पत्ति एकै दिनमा लगभग १६७ अर्ब डलरले बढेको हो ।

ब्लूमबर्गको बिलिनियर्स इन्डेक्सका अनुसार मस्कको हाल कुल सम्पत्ति ६३८ अर्ब डलर रहेको छ । मस्कले स्पेसएक्सको शेयर आन्तरिक रुपमा बिक्री गरेपछि उनको एकै दिन १६७ अर्ब डलरले सम्पत्ति बढेको हो ।

साथै स्पेसएक्स विश्वको सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ । मस्क स्पेसएक्सका संस्थापक र सीईओ हुन् । कम्पनीको आन्तरिक शेयर बिक्रीले स्पेसएक्सको कुल मूल्याङ्कन ८०० अर्ब डलर पुगेको छ । मस्कसँग स्पेसएक्सको लगभग ४२ प्रतिशत स्वामित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?