स्वतन्त्र उम्मेदवारी दिएका सुहाङ नेम्वाङलाई ओलीको प्यानलमा राखियो

`

     २०८२ पौष ०१ गते १:२३

काठमाडौँ, १ पुस । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।

यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको छ ।

यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?