काठमाडौँ, पुस १ । मेक्सिकोमा निजी विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ।
मेक्सिकोको औद्योगिक क्षेत्र सान माटेओस्थित टोलुका विमानस्थल नजिकै सोमबार एउटा निजी जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेडे प्रेसले जनाएको छ।
जहाज आपतकालीन अवतरण गर्ने क्रममा भवनको छानोमा ठोक्किएर आगलागी भएको थियो।



