काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएकामा देउवा नजाने भएका हुन् ।
कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले देउवा नजाने भएकाले उद्घाटन समारोहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइने जानकारी दिए ।




