काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा चार जना थपिएका छन्। नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार अपराह्न साढे ३ बजेतिर शपथ लिएका छन्।
आज शपथ लिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यो विस्तारसँगै मन्त्रिपरिषद १४ सदस्यीय पुगेको छ।




