काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन्।
कैलाली ५ मा आरजुसहित ४ जनाको नाम सिफारिस भएको हो भने बर्दियामा उनीसहित १० जनाको नाम सिफारिस भएको हो।




