काठमाडौं, मंसिर २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते सेनाको हेलिकप्टरमा बालुवाटाबाट बाहिरिएको विषयमा फेरि प्रष्टोक्ति दिएका छन्।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा भदौ २४ गते आफू सेनाको हेलिकप्टर चढेर बालुवाटार छाडेको सन्दर्भ उठेपछि ओलीले पुनः जबाफ दिएका हुन्।
उनले भने :- उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकतिरबाट आगो लगाए उनीहरू अर्कातिरबाट भाग्दिए। भागेकै हुन् पाण्डवहरू। काँतर भएर भागेको होइन। बुद्धि पुर्याएर भागेको हो, उनले भने।




