काठमाडौं ४ बाट फेरी गगन थापा चुनाव लड्ने

`

     २०८२ मंसिर २५ गते ११:४१

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्।

क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं ४ बाट थापाको मात्रै नाम सिफारिस भएको हो।

महामन्त्री थापाको नाम रोल्पा र धनकुटाबाट पनि उम्मेदवार सिफारिस भएको छ। तर थापाले काठमाडौं ४ मै उम्मेदवारी दिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?