ओलीले महाधिवेशनमा आफ्नो मात्र प्रस्तावमा छलफल हुने बताइरहदा ईश्वर पोखरेलको छुट्टै प्रस्ताव

`

     २०८२ मंसिर २३ गते १०:५३

काठमाडौँ, २२ मङ्सिर । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।

अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेलले फरक मतसहित तयार पारेको प्रस्ताव छलफलका लागि लैजान लागेका हुन् ।

आफूले तयार पारेको प्रस्तावबारे पोखरेलले अध्यक्ष ओलीसँग छलफल गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?