आमनिर्वाचनमा हामी जाने हो: गगन थापा

`

     २०८२ मंसिर २३ गते ९:३८

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्।

मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो।

तर आज कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान सांसदहरू प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा रिट लिएर सर्वोच्च अदालत गएका छन्।

‘नेपाली कांग्रेस पार्टीभित्र केन्द्रीय समिति बैठक चल्दैगर्दा बहस र छलफल हुँदा निर्वाचनमा जानुपर्छ भन्ने एउटा विचार र प्रतिनिधि सभा पुनर्स्थापनामा जानुपर्छ भन्ने अर्को विचार थियो। हामीकहाँ आ-आफ्नो विचार राख्न पाउने स्वतन्त्रता छ। तर पार्टीले लामो छलफल गरेर आधिकारिक निर्णय गरेको भनेको- आमनिर्वाचनमा हामी जाने हो, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हामी जाने होइन भन्ने हो। यो अदालतको विषय हो, अदालतलाई नै हामीले छाडिदिऊँ, हामीले लामो व्याख्या गरेर केन्द्रीय समितिको निर्णयमै यो कुरा भनेका छौं,’ महामन्त्री थापाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?