प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै काँग्रेस सर्वोच्च गएको शेखर कोइरालालाई ज्ञात नै नभएको

`

     २०८२ मंसिर २२ गते ६:१८

काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पार्टीका केही सर्वोच्च अदालत गएको खबर आफूलाई नौलो लागेको प्रतिक्रिया दिएका छन्।

फागुन २१ को आमचुनावमा भाग लिने केन्द्रीय समितिबाट निर्णय भए पनि कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान सांसदहरू आज सर्वोच्चमा रिट लिएर गएका थिए।

‘म आज काठमाडौं बाहिर छु। आजको बारेमा मलाई केही आइडिया छैन,’ कोइरालाले भने, ‘यो कुरा मेरा लागि पनि नौलो समाचार भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?