सडक विस्तारमा असर परेकालाई हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने

`

     २०८२ मंसिर २२ गते ११:५९

काठमाडौं, मंसिर २१ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ।

सडक विस्तार गर्न शनिबार हेटौंडाका सडक आसपासमा रहेका घरमा डोजर लगाइएको थियो। अदालतको आदेशविपरीत डोजर लगाएको भन्दै आलोचना पनि भएको छ।

आज बसेको उपमहानगरको ७६ औं कार्यपालिका बैठकले मंसिर ११ गतेको ७५ औं नगर कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरेको थियो।

हेटौंडा बजारभित्र पर्ने राजमार्गको दायाँ(बायाँ सडक विस्तार गर्न सहयोग गर्नु हुने घरधनी, व्यवसायी, उपमहानगरबासी र अन्य सरोकारवाला सम्पूर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय उपमहानगरको छ।

सडक विस्तारमा प्रभावित घरधनीहरूको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?