हेटौडा बजारमा चल्यो डोजर, सडक क्षेत्रमा परेका संरचना भत्काउदै

`

     २०८२ मंसिर २१ गते ११:५४

काठमाडौँ, मङ्सिर २० । हेटौंडाको बजार क्षेत्रको सडक विस्तार शनिबार बिहानदेखि शुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौडाले शनिबार बिहानैदेखि बजार क्षेत्रमा डोजर चलाएर सडक क्षेत्रमा परेका संरचना भत्काएको हो ।

शुक्रबार सर्वोच्च अदालतले सडक विस्तार कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपनि सो आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानदेखिनै डोजर चलाइएको थियो ।

सडक डिभिजनले यसअघि सुचना प्रकाशित गरेर मङ्सिर १९ अर्थात शुक्रबारसम्म अफ्नानो संरचना हटाउन अल्टिमेटम दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?