काठमाडौँ, १७ मङ्सिर । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमका बिच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ।
२०८२ सालको जेनजी विद्रोहको जगमा स्थापना भएको दाबी गर्ने यस पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गर्दै आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ।




