नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर

`

     २०८२ मंसिर १८ गते २:५०

काठमाडौँ । नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार अर्थमन्त्री रामेश्वर खनालको समुपस्थतिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब ३१.७६ अर्ब ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?