काठमाडौँ, १६ मङ्सिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ ।
साथै, कक्षा १२ उत्तीर्ण गरेपछि अनिवार्य सैनिक तालिम लिएर मात्र उच्च शिक्षा हासिल गर्न पाइनेछ भने विद्यालयमा साताको ३ दिन मात्र सैद्धान्तिक पढाइ र बाँकी ४ दिन उत्पादनमूलक काममा लगाइनेछ ।
घोषणापत्रमा नेपालमा रहेका सम्पूर्ण आईएनजीओहरू खारेज गर्ने, सीमा सुरक्षामा सेना खटाउने र वैवाहिक अङ्गीकृत नागरिकताका लागि ५ वर्ष अनिवार्य बसोबासको सर्त राखिएको छ ।
साथै, सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा नभई सिधै बर्खास्त गर्ने र श्रमदानलाई राष्ट्रिय नीतिको रूपमा लागु गर्ने पार्टीको योजना छ ।




