मेरो लागि मन्त्री पद ठूलो कुरा होईन : ऋषि धमला

`

     २०८२ मंसिर १७ गते ५:११

काठमाडौं, १६ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आफू यो देशको परिवर्तनको लागि भएका हरेक आन्दोलनमा सरिक भएको बताएका छन् । अहिले आफूलाई राजनीतिमा आउनको लागि धेरै नै प्रस्ताव आएको पनि उनले खुलासा गरे ।

आज नेपालगञ्जमा नेपाल सम्वाद क्लबको उद्घाटन गर्दै आफूलाई जेनजी आन्दोलनलगत्तै बनेको सरकारमा मन्त्री बन्नको लागि पनि प्रस्ताव आएको खुलाए । तर, आफूले उक्त प्रस्ताव अस्विकार गरेको उनको भनाई छ । उनले भने,‘जेनजी आन्दोलनपछि मलाई मन्त्री बन्न अफर आएका थिए, तर मैले मन्त्री बन्न अस्विकार गरें । मैलेको भनेको थिएँ कि मन्त्री मेरो लागि ठूलो कुरा होईन, देश र जनता नै ठूलो कुरा हो । पदबिना पनि मान्छेले काम गर्न सक्छ भन्ने उदाहरण ऋषि धमलाले देखायो । मान्छेको विचार, दृष्टिकोण र चिन्तन ठूलो कुरा हो । महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री बन्नुभयो रु तर उहाँले भारतलाई स्वतन्त्र बनाउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?