आफूखुसी उमेदवारी घोषणा नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह

`

     २०८२ मंसिर १७ गते १२:४७

काठमाडौं, मंसिर १६ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूखुसी उमेदवारी घोषणा नगर्न सदस्यलाई आग्रह गरेको छ । पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले यस्तो अभिव्यक्ति दिएको भन्दै सचेत गराइएको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उमेदवार हुने, उमेदवारको आकांक्षी रहेको, उमेदवारी घोषणा गरिसकेको वा उमेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उमेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ,” पार्टीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?