हङकङमा भीषण आगलागी हुँदा अहिलेसम्म १२८ जानको मृत्यु

`

     २०८२ मंसिर १३ गते ७:०३

एजेन्सि, १२ मङ्सिर । हङकङमा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १२८ जना पुगेको छ ।

उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदिएको छ ।

अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?