काठमाडौं, मंसिर ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल नियमित महाधिवेशन नगर्ने भएको छ।
२०७८ मंसिरमा महाधिवेशन गरेको राप्रपाले यो मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने भए पनि ६ महिना कार्यकाल थप गर्ने निर्णय गरेको हो।
आज धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समितिसहित सबै निकायको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।




