कुलमानको साथ रहेको उज्यालो नेपालसहित तीन पार्टीबिच एकताको तयारी

`

     २०८२ मंसिर १० गते १:४७

काठमाडौँ । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टीसहित तीन पार्टी एकीकरणबारेको गृहकार्यमा जुटेका छन् ।

उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी रहेकी छन् भने हाम्रो पार्टीको अध्यक्ष खगेन्द्र सुनार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?