एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेश गरे

`

     २०८२ मंसिर १० गते १२:५९

काठमाडौ । नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेश र दल दर्ताको निवेदन सँगसँगै दिएको छ। मंगलबार एमालेले बिहानै निर्वाचन आयोग पुगेर दल दर्ता गर्‍यो भने आजै सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको रिट निवेदन पेस गरेको छ।

एमालेले पेस गरेको पुनर्स्थापनासम्बन्धी रिट दर्ता हुन बाँकी छ। निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार साँझसम्म रिट दर्ताको प्रक्रियामा जाने बताए।

निर्वाचन विभाग प्रमुख नीरज आचार्यले एमाले नहुने चुनावमा पनि नदौडिने तर आफ्नो पार्टी संविधान, कानुनअनुसार अद्यावधिक गर्ने बताएका थिए।

अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाएको पनि बताएका थिए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?