काठमाडौँ, ९ मङ्सिर । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ ।
उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँको २३९८९ मेट्रिक टन लसुन आयात भएको थियो । उक्त परिमाणमा लसुन आयात हुँदा ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।




