जारी २ तेस्रो सातामा, कति कमायो?

`

     २०८२ मंसिर ०९ गते १:०१

काठमाडौं, मंसिर ८ । उपेन्द्र सुब्बा निर्देशित फिल्म जारी २ ले झन्डै ६ करोड रूपैयाँ ग्रस कमाइ गरेको छ।

कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको फिल्मले मंसिर ६ गतेसम्म ५ करोड ८९ लाख ३ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो।

चलचित्र विकास बोर्डले सोमबार फिल्मको आधिकारिक बक्स अफिस कमाइबारे जानकारी दिएको हो।

दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्मको तेस्रो शनिबारसम्ममा १ लाख ९५ हजार बढी टिकट बिक्री भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?