दुर्गा प्रसाईँ र सरकारबिच वार्ता हुने, वार्ताको समय भने तोकिएको छैन

`

     २०८२ मंसिर ०८ गते ७:४९

काठमाडौँ, मङ्सिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ र सरकारबिच वार्ता हुने भएको छ ।

गत मङ्गलबार पक्राउ परेका प्रसाईँलाई आइतबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसँगै सरकार र प्रसाईँसमूहबिच वार्ता हुन लागेको हो । वार्ताको समय भने तोकिएको छैन ।

शनिबार सरकार र प्रसाईँ पक्षबिच आज हुने भनिएको आन्दोलन फिर्ताको सहमति भएको थियो । यस्तै प्रसाईँले यसअघि प्रस्तुत गरेका २७ बुँदे मागका सम्बन्धमा प्रसाईँसँगै वार्ता हुने सहमति पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?