सुनसरीमा भएको आक्रमणको बारेमा महेश बस्नेत गरे निन्दा

`

     २०८२ मंसिर ०८ गते १:०१

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुमाथि भएको आक्रमण प्रयासको निन्दा गरेका छन् ।

आज सुनसरीमा आफू सवार गाडीमा रातो मसी प्रहार भएको थियो । सो घट्नालाई लिएर बस्नेतले निन्दा गरेका हुन् । उनले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने भन्दै आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?