बारामा जेनजी अगुवा र स्थानीय प्रशासनबीच वार्ता जारी

`

     २०८२ मंसिर ०६ गते ५:१२

काठमाडौँ, मंसिर ५ । बाराको पथलैयामा जेनजी अगुवा र स्थानीय प्रशासनबीच वार्ता जारी छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसँग जेनजी अगुवाको वार्ता चलिरहेको हो।

सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय पथलैया बारामा वार्ता भइरहेको छ।

जेनजीहरूले अरविन्द साहलाई पक्राउ गर्नुपर्ने र वार्ताका लागि प्रमुख जिल्ला अधिकारी सिमरा आउनुपर्ने अडान राखेपछि बिहीबार वार्ता हुन सकेको थिएन। प्रहरीले अरविन्दलाई राति नै पक्राउ गरेको थियो।

जेनजीतर्फ सम्राट उपाध्याय नेतृत्वको १५ जना सहभागी छन्। सम्राटले जेनजीको तर्फबाट ६ बुँदे माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?