जेनजीको सरकार विधि अनुरूप छैन, लोकतन्त्र फर्काइन्छ

`

     २०८२ मंसिर ०६ गते ३:४४

काठमाडौँ । केपी शर्मा ओलीले लोकतन्त्र फर्काएरै छाड्ने दाबी गरेका छन् ।

शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । वर्तमान सरकारले निषेधित र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै उनले जेनजीका नाममा उपद्रव मच्चाउने काम भइरहेको बताए ।

उनले सरकार संविधानअनुसार नबनेको भन्दै असंवैधानिक बाटोबाट बनेको सरकारले जेनजीका माग पुरा गर्न नसक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?